चितवन विशेष

तरकारी भन्दै बिष किन्दै उपभोक्ता,विषादीले क्यान्सरका रोगी बढे

Banner

चितवन,भदौं ५-

पश्चिम चितवनका प्रकाशबाबु खनाल कृषक हुन् । उनले उत्पादन बढाउनका लागि आफ्नो बालीमा विषादीको प्रयोग गर्दै आएका छन् । ‘मेले एक बिघामा तरकारी खेती गर्दै आएको छु । बेला बेलामा ढुसी, किरा तथा झारले गर्दा तरकारीको उत्पादन गर्न नै सकिँदैन,’ उनले भने, ‘तरकारीमा विषादी नहाली उत्पादन बढाउन नै सकिँदैन ।’

खनालले मात्र होईन व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानहरुले विषादीको प्रयोग अधिक रुपमा गर्दै आएका छन् । विशेष गरी भारतबाट नेपालमा आएर तरकारी खेती गर्ने कृषकले बढी मात्रामा विषादीको प्रयोग गर्ने गरेका छन् । ‘भारतीय मुलका मानिसले नेपालमा आएर खेती गरिरहेका छन् । आफुले खान नपरेपछि उत्पादन बढाउन जथाभावि विषादीको प्रयोग गर्दछन्’ अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष धनेश्वर पोख्रेलले भने, ‘आज फलेका काक्रोमा सुई लगाएर भोलि बजार बेच्न लगिन्छ ।’ नेपालमा उत्पादित तरकारी तथा फलफूलमा मात्र भारतबाट आउने तरकारीमा पनि अधिक विषादी प्रयोग हुने गरेको पोख्रेलले बताए । एक देखि ३ प्रतिशत मात्र फसफरस मिलियन हुनुपर्नेमा ९० प्रतिशतसम्म हालेको पाईन्छ । रासायनिक मलको पनि बढी प्रयोग भएको उनले बताए ।

यसरी विषादी प्रयोग गरेको तरकारी सेवन गर्नाले तत्काल केही समस्या पैदा नगरे पनि कालान्तरमा यसले स्वास्थ्य सम्बन्धि जटिलता, क्यान्सर, बाझोपना तथा अन्य रोग निम्त्याउने गरेको भरतपुर वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक गंगा सापकाटाले जानकारी दिए ।

तरकारीमा विषादी आवश्यकता भन्दा बढी प्रयोग भएको छ । जसका कारण मस्तिष्क मुटु, र क्यान्सर रोगका बिरामीहरु बढ्दै गएको उनले बताए । मुलुकमा उत्पादितमध्ये केही स्थानका तरकारीमा मात्र विषादीको मात्राबारे अध्ययन गरिएको छ । तर, विषादीको अवशेषले नेपालीको स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको वा पार्न सक्छ भन्नेबारे कुनै अध्ययन छैन । ‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रतिवेदनलाई उदृत गर्दै सापकोटाले भने, ‘विषादी सम्भावित रूपले मानव स्वास्थ्यका लागि प्रतिकूल हुनुका साथै दीर्घकालीन प्रभाव गरेको छ ।’

बाली जोगाउनका लागि प्रयोग गरिने औषधिले छाला, र श्वासप्रश्वास समेत असर गर्ने उनले बताए । स्तनपान गराउने आमाले बढी विषादी हालेका खानेकुरा खाँदा बालकलाई समेत शारीरिक तथा मानसिक असर पुग्ने उनको भनाई छ । विश्वमा करिब एक हजारभन्दा बढी प्रकारका विषादी उपयोगमा छन् । मुलुकमा वर्षेनी आउने करिब ६ सयदेखि छ सय ५० मेट्रिक टन विषादीमध्ये करिब ८० प्रतिशत तरकारीमै उपयोग हुने गर्छ । मुलुकमा देखिएको क्यान्सर, उच्च रक्तचाप, मिर्गौला र कलेजो सम्बन्धि समस्या, मधुमेह, नपुंसकता, बाझोपना, मस्तिष्कमा असर, स्मरणशक्तिमा ह्रास, डिप्रेसनलगायत नसर्ने रोगको एक मुख्य कारण विषादीको मात्रा रहेको उनले बताए ।

मानिसको जीवनशैली, खानपान तथा वातावरण प्रदुषणका कारण क्यान्सर रोग चुनौतीपूर्ण बन्दै गएको छ । उनका अनुसार नेपालमा तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी र अन्य खाद्यबस्तुमा हुने मिसावटका कारण क्यान्सर रोगीहरु बढ्दै गएका छन् । अहिले विशेष गरी तरकारीमा ढुसिनासक, किटनासक, झारनासक विषादी प्रयोग गर्ने गर्दछन् । यी विषादी प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए ।

‘यहाँ तरकारीमा विशेष गरी तीन प्रकारका विषादी प्रयोग गर्दै आएको पाईन्छ । किसानहरुले जथाभावी रुपमा विषादी प्रयोग पनि गर्दछन् । तर हामीले जस्ता प्राविधिकहरुले आवश्यकता भन्दा बढि विषादी प्रयोग गर्न सिफारिस गर्दैनौँ,’ उनले भने, ‘विषादी प्रयोग गरे पनि एकपटक हाई डोजका विषादीहरु प्रयोग गर्नु हुँदैन ।’

तरकारीमा विषादीको अवशेष देखिने वित्तिकै खानै नहुने भने होइन । अधिकतम विषादीको अवशेष वैज्ञानिकद्वारा निर्धारित मात्राभन्दा कम छ भने खान सकिन्छ । तर दैनिक रुपमा एक व्यक्तिले जम्मा कति विषादी सेवन गर्ने भन्ने प्रश्नसमेत रहेको उनले बताए ।

मौरी जोन चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले माटोमा प्राङ्गारिक मलको न्यून प्रयोग भएको बताए । किसानलाई प्राङ्गारिक खेतीका लागि आक्रमण गर्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्ने धारणा उनको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>