खैरहनी

खैरहनी नगरपालिकामा भित्रियो अर्को दमकल

Banner

चितवन, भदौं ४–

चार महिना अघि सम्म दमकल विहीन पूर्वी चितवनमा अहिले २ वटा दमकल भएको छ । यहाँका चार वटा नगरपालिकाले एउटा दमकल संयुक्त रुपमा खरिद गरेका थिए ।

पछिल्लो पटक प्रदेश सरकारबाट प्राप्त दमकल खैरहनी नगरपालिकामा भित्रिएको छ । प्रदेशले पठाएको दमकल बुधबार खैरहनी आईपुगेको हो । ४ हजार लिटर क्षमताको सो दमकल खैरहनी नगरपालिकाको नाममा पठाएको मेयर लालमणी चौधरीले बताए । संयुक्त रुपमा संचालित दमकल र खैरहनीको नाममा आएको दुवै दमकल तत्काललाई खैरहनीमा राखिने मेयर चौधरीले बताए । दुवै दमकल साझेदारीमा संचालन गर्न सकिने उनको भनाई छ । चारै नगरपालिकालाई पायक पर्ने भएकाले पहिले ल्याईएको दमकल खैरहनीमै राखिएको छ ।

अहिले आएको दमकल पनि यहाँका चारै नगरपालिका मिलेर संचालन गर्न चार नगरपालिकाबीच केही दिनमै छलफल हुने खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । शर्माका अनुसार सयुक्त रुपमा खरिद गरिएको दमकल कार्यविधि बनाएर संचालन गरिएको छ । अब के गर्ने भन्ने विषयमा चारै नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सम्मिलित बनेको समितिको बैठकले निर्णय गर्ने बताईएको छ । पूर्वी चितवनमा आगलागीका घटना हुँदा भरतपुर र हेटौंडाबाट दमकल ल्याउनु पर्ने बाध्यता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>