भरतपुर

थपलियाको ७० औं जन्मदिन बालिका आश्रममा

Banner

चितवन,भदौं ६-

समाजसेवी ध्रुवराज थपलियाले आफ्नो जन्मदिन देवघाटस्थित रामजानकी बालिका आश्रममा मनाएका छन् । त्यहाँ रहेका ३२ बालिकालाई टीका लगाएर बिहानको खाना खुवाई उनले आफ्नो ७० औं जन्मदिन मनाएका हुन् । जन्मदिनमा केक काटेर फजुल खर्च गर्ने हाम्रो संस्कृति नभएको भन्दै उनले बालिकाहरुसँग वैदिक वातावरणमा सात्विक भोजन गरेको उनले बताए । “होटलमा जाने, हजारौं खर्च गर्ने हाम्रो संस्कृति होइन”, उनले भने, “बरु जति सकिन्छ सामाजिक काम गर्ने हो ।” सो क्रममा उनले बालिकाहरुलाई फलफूल पनि बाँडे ।

लोक कल्याण प्रतिष्ठानले सञ्चालन गरिरहेको यो आश्रममा विभिन्न उमेर समूह र जातजातिका बालिकाहरु आश्रित छन् । उनीहरु सीताराम संस्कृत मा.वि. परिसरमा बस्छन् । सोही विद्यालयमा पढ्छन् । यस्तै शुभ अवसरमा दाताले गरेको सहयोगको आधारमा आश्रम चलिरहेको सञ्चालक सावित्री टण्डनले बताइन् ।

देवघाट क्षेत्र विकास समितिले उपलब्ध गराएको जग्गामा आफ्नै भवन बनाएर आश्रम चलाउने योजना उनले सुनाइन् । “तर, स्रोत छैन, गाह्रो भएको छ”, उनले भनिन् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>