मकवानपुर

किसानका घरघरमा प्रदेश ३ का मुख्यमन्त्री, किसानसंग छलफल

Banner

हेटौंडा,भदौ १-

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढी गाउँपालिका तथा हेटौंडा उपमहानगरका विभिन्न कृषि फर्महरुको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय किसानहरुसंग छलफल समेत गर्नुभएको छ ।

छलफलका क्रममा मुख्यमन्त्री पौडेलले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले किसानहरुका तमाम समस्याहरु समाधान गर्न प्रदेश सरकार तयार रहेको धारणा राख्नुभयो । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले मकवानपुरगढी गाउँपालिकाले आधुनिक कृषि प्रणाली अवलम्वन गरेर समृद्धिको मार्ग लिएको धारणा राख्नुभयो । गढी गाउँपालिका पशुपालनमा अगाडि बढेको भन्दै खुशी व्यक्त गर्नु भयो ।

किसानहरुले लगाएको विभिन्न प्रजातिको घाँसहरु , गाई पालन केन्द्र , दुग्ध सङ्कलन केन्द्रहरु अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले गढी गाउँपालिका आफूले विगतमा देखेको र हाल सोचेको भन्दा निक्कै नै समृद्ध पाएको बताउनुभयो ।

अवलोकनको क्रममा मुख्यमन्त्री पौडेलले मकवानपुरगढी ३ मा रहेको दाहाल कृषि तथा पशु पालन फारम , सोही वडाको सुजल गाई फारम , देवीडाँडा गाई फारम , मनकामना दुग्ध उत्पादक सहकारी सस्था तथा हेटौंडा ६ मा रहेको मञ्जुश्री आधुनिक फूल एवम् तरकारी खेतीमा पुग्नुभएको थियो । अवलोकनका क्रममा मुख्यमन्त्री समक्ष किसानहरुले आफूले भोग्दै आएका समस्याहरु सुनाएका थिए । मुख्यमन्त्री पौडेलले किसानहरुको उत्पादन सहजरूपमा बिक्री बितरण गर्ने वातावरण प्रदेश सरकारले मिलाउने पनि बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>