चितवन विशेष

फोनिज चितवनद्धारा तीन पत्रकार सम्मानित

Banner

चितवन, साउन २७–

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २० औँ स्थापनाको दिवसको अवसरमा फोनिज चितवनले तीन पत्रकारलाई सम्मान गरेको छ ।

सोमबार फोनिज चितवनले भरतपुरमा गरेको कार्यक्रममा फोनिज संघीय समितिका वरिष्ठ उपाध्यक्ष एवंम् नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक गजुरधन राई, कान्तिपुर दैनिकका चितवनका उपसम्पादक रमेशकुमार पौडेल र फोनिज चितवनकी सदस्य एवंम कालिका एफएम एवंम टिभी कालिकाकी संवाददाता सविता दराईलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवंम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष किशोर नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।

यस्तै सोही अवसरमा थारु पत्रकार संघ र नेवाः पत्रकार राष्ट्रिय दबू चितवनका नयाँ कार्यसमितिलाई पनि सम्मान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>