राजनीति

सांसद राजेन्द्र महतोले भनेः नागरिकता खारेजी कस्को भएको हो ?

Banner

काठमाडौं,साउन १९-

राजपाका सांसद राजेन्द्र महतोले नागरिकता खारेजीको विषयमा आफ्नो नाम जोडेर मानहानी गरिएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुखसँग समय लिएर महतोले भने– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर समाचार आएको छ । त्यसलाई व्यापक रुपमा प्रचार–प्रसार भएको छ । त्यो कुन राजेन्द्र महतो हो ?

उनले सरकारले यस्तो संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा नागरिकता खारेज भएका व्यक्तिको ठेगाना उल्लेख नगरेर गलत प्रचार गरएको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>