मध्य नेपाल

देवघाटलाई पूर्ण सरसफाई युक्त घोषणा गर्न समस्या, खानेपानीमा कोलिफर्म भेटियो

Banner

चितवन,साउन १६-

देवघाट गाउँपालिकालाई पूर्ण सरसफाई युक्त घोषणा गर्न समस्या देखिएको छ । खानेपानीमा कोलिफर्म भेटिँदा पूर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्न समस्या देखिएको हो ।

“देवघाट जस्तो पवित्र स्थल गाउँपालिकालाई गत बर्ष पूर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने गाउँपालिको लक्ष्य थियो । यसका लागि हामीले सबै सुचक पुरा गरेका छौँ,” गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले भने, “खानेपानीमा दिशामा देखिने कोलिफर्म भेटिँदा समस्या देखिएको छ ।” गत बर्ष यूनिसेफ र गाउँपालिकाले पानीको मुहान परिक्षण गर्दा कोलिफर्म भेटिएको थियो । पूर्ण सरसफाई गाउँपालिका बनाउनका लागि प्रदेश र संघीय सरकारले आवश्यक बजेट समेत दिएको उनले बताए ।

पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्नका लागि सात सय १२ घरधुरीमा चर्पि समेत निर्माण गरिसकिएको उनले बताए । “पहिले जनप्रतिनिधिहरुकै घरमा चर्पि थिएन । हामीले अनुदान दिएर चर्पि बनाउन लगायौँ । टोल टोलमा सरसफाई अभियान थाल्यौँ” उनले भने, “तर, खानेपानीको सुचक पुरा गर्न सकेनौँ ।”

सरसफाई युक्त घोषणा गर्नका लागि अहिले गाउँपालिकाले खानेपानीका आयोजनालाई प्रमुख प्राथामिकतामा राखेको छ । चालु आर्थिक बर्षका लागि प्रदेश, संघीय र स्थानीय बजेटमार्फत एक करोड ८ लाख २० हजार रुपैयाँको बजेट छुट्टाएको छ । प्रदेश, केन्द्र सरकार, युनिसेफ लगायत अन्य दातृ निकाय र उपभोक्ता समितिको लगानीमा सबै घरधुरीहरुमा स्वाच्छ खानेपानीको व्यवस्था गर्ने योजनामा रहेको उनले बताए । देवघाट वडा नं. ५ को लागि कुवादी खोलामा बृहत योजना आगामी बर्ष देखि शुरुवात गरिने उनले बताए । यसका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ समेत आएको उनले बताए । आगामी बर्षमा देवघाट गाउँपालिका भित्र खानेपानीको सहज रुपमा उपलब्धता गराईने उनको भनाई छ ।

पुर्ण सरसफाई युक्त वडा घोषणा गर्दा पार गर्नुपर्ने केही चरणहरु पुरा गरीएका छन् । चर्पीको प्रयोग, पानी प्रयोग सम्बन्धि सुरक्षित बानी, साबुन पानीलेहात धुने बानी पूर्ण सरसफाईका विषय सुचकहरु हुन् । यस्तै अन्य विषय सुचकमा खाना प्रयोग सम्बन्धि सुरक्षित बानी, सफा घर आँगन र सफा वाताबरण लगाएतका रहेका छन् । घोषणा गर्दा पुर्ण सरसफाई युक्त वडा घोषणा गर्न लागि रहेको भए पनि केही घरहरुमा पानिको असुबिधा रहेको देवघाट गाउँपालिका ५ का निर्मल रानाले बताए ।

“देवघाट गाउपालिका मध्ये हाम्रो वडा विक्रसित वडामा पर्दछ । तर, यहाँ खानेपानीको व्यवस्था छैन । पुस देखि असार महिना सम्म खानेपानीको समस्या रहन्छ,” रानाले भने, “खानेपानी समस्याका कारण मैले देवती खोला, जुगेडी धारो र सरकारी धाराको पानी प्रयोग गर्दछु । तर, तीन वटै खानेपानीको प्रयोग गर्दा पनि कहिले काही घरमा पानी पुग्दैन ।” उनले मासिक तीन वटा धाराको ६ सय रुपैयाँ भन्दा बढी पैसा तिर्ने गरेका छन् ।

साविकको गाविस अहिलेको वडा स्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिले राम्रो काम गरेकाले घरघरमा चर्पी, साबुन पानीले हात धुने, भाँडा राख्ने चाङको प्रयोग गर्ने गरेको र अहिले बर्षाका कारण केही खाल्डाहरुमा पनि जम्ने भएकाले अलि गाह्रो भएको र पानीको अभाब भए पनि गाउँपालिकासंग अनुरोध गरेर भएपनि पुर्ण सरसफाई काम अगाडी बढाउने गाउँपालिकाले योजना बनाएको छ ।

देवघाट गाउँपालिकाको १६ हजार १ सय ३२ जनसंख्या रहेको छ । ९ वटा वडा रहेको गाउँपालिकामा अधिकांश स्थानमा खानेपानीको सुविधा छैन । तीन हजार ४ सय ३५ घरधुरी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>