कर्पोरेट

एनआईसी एशिया बैंक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

Banner

चितवन, साउन ८-

एनआईसी एशिया बैँक लिमिटेड द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड–२०१८ बाट सम्मानित भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आइक्यानद्वारा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेको बैँकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अन्य वाणिज्य बैँकका वार्षिक वित्तीय प्रतिवेदनलाई उछिन्दै एनआईसी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको उल्लेख गरिएको छ ।

आईक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने संस्थालाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ट वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ । बैँकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्स् (एनएफआरएस) को मापदण्डबमोजिम सरोकारवाला व्यक्ति तथा निकायको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको छ ।

यस अवार्डले बैँकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैँकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ । बैँकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९२ शाखा कार्यालयहरु, ३१० एटीएम, ५१ वटा एक्स्टेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैँक हुन सफल भएको छ । १७ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैँकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको विज्ञप्तिमा बैँकको दाबी छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैँकले पालना गर्दै आएको बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>