रोचक

हराएको कुकुर भेट्नेलाई घर र जग्गा पुरस्कार

Banner

काठमाडौं साउन ७,

एजेन्सी

चिहुवाहुवा प्रजातिको कुकुरलाई खोज्न महिनौं बिताएका एक व्यक्तिले एउटा बेडरुम भएको घर र जग्गा, कुकुर फिर्ता ल्याइदिने व्यक्तिलाई दिने घोषणा गरेका छन् ।

एडी कोलिन्सको जेनी नामको प्रिय कुकुर गत अप्रिलमा हरायो । अमेरिकाको टक्सन निवासी उनले त्यतिबेलादेखि प्रत्येक दिन कुकुरलाई खोजिरहेका छन् । जताततै खोजेपनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधो गरे । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिनेछन् ।

‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस् चाहन्छु ।’

जेनीको फोटो समोतका एडीको फोटो निकै भाइरल भइरहेको छ । यसमा मेसेज लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ रु मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ । यदि म कहाँ छु भनेर तपाईंलाई थाहा छ भने मलाई सुरक्षित घर फिर्ता हुन सहयोग गर्नुहोस्, त्यसपछि सबै तपाईंको हुनेछ । मेरो नाम जेनी हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>