कर्पोरेट

एनआईसी एशिया बैंककोे विराटनगरमा विस्तारित काउन्टर

Banner

चितवन, साउन ६-

एनआईसी एशिया बैँकले मोरङको विराटनगर महानगरपालिका–७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।

विस्तारित काउन्टरको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका हुन् । बैँकले जारी गरेको विज्ञप्तिमा बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटीएम, ५० वटा एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ इकाइ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको उल्लेख छ ।

करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैँकको दाबी छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने योजना अगाडि सारेको बैकले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>