चितवन विशेष
यस्तो हुनेछ नारायणीमा चल्ने मिनी ‘पानीजहाज’ (तस्विरमा)
०

चितवन, साउन ४–
नेपालमै पहिलोपटक नारायणी नदिमा निर्माण र संचालन हुन लागेको रिभर क्रुज शिप (पानिजहाज) दशैअघि संचालनमा आउने भएको छ । रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित ज्ञानेश्वर सामुदायीक बनको काभ्रेघाट बगरमा क्रुज निर्माण भइरहेको छ । करिव ३५ करोडको लागतमा निर्माण भइरहेको क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुने प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले जानकारी दिनुभयो । क्रुजको थ्रीडी भिडियो पनि सार्वजनिक भएको छ ।
हेर्नुहोस् निर्माणपछि बन्ने मिनी पानीजहाजका तस्विरहरु ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>