चितवन विशेष
चितवन जिल्ला अदालतका तीन न्यायाधीशको एकैसाथ सरुवा

चितवन, साउन २-
न्यायपरिषद्को आजको बैठकले चितवन जिल्ला अदालतका तीन न्यायाधीशको सरुवा गरेको छ ।
सरुवा हुनेमा गीता श्रेष्ठ, बासुदेव न्यौपाने र शिवलाल पाण्डे रहेका छन् । न्यायपरिषद्को निर्णय अनुसार श्रेष्ठ काठमाडौंँ जिल्ला अदालत, न्यौपाने बाग्लुङ जिल्ला अदालत र पाण्डे जिल्ला अदालत कञ्चनपुरमा सरुवा भएका हुन् । न्यायपरिषदले आज मुलुकभरका उच्च र जिल्ला अदालतका धेरैजसो न्यायाधीशको सरूवा गरेको हो । न्यायपरिषद् बैठकले उच्चका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीश सरूवा गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए ।
त्यस्तै, परिषद् बैठकले भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतको अहिलेको टिमलाई सरूवा गरी नयाँ टिम ल्याएको छ । ६ जना न्यायाधीश हुने विशेषमा फागुनदेखि तीन न्यायाधीशमात्र थिए । बिहीबारको बैठकले भने विशेषका अध्यक्षमा शिवराज अधिकारी र सदस्यमा कृष्ण गिरी, वालेन्द्र रूपाखेती, शान्ति सिंह थापा, चन्द्रबहादुर सारू, रवि शर्मा अर्याललाई तोकेको छ ।