चितवन विशेष

भरतपुरको आँपटारीमा सडकमा नै सवारी तथा चालकको स्वास्थ्य परीक्षण

Banner

चितवन, असार ३०-

भरतपुर महानगरपालिकाको आँपटारीमा आज सवारी चालकको स्वास्थ्य परीक्षणसँगै सवारीको यान्त्रिक परीक्षण पनि गरिएको छ ।

चालक शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त नहुँदा र सवारीको यान्त्रिक अवस्था ठिक नहुँदा पनि कतिपय दुर्घटना भइरहेकोले चालकहरुको स्वास्थ्य अवस्था र सवारीको यान्त्रिक अवस्थाको सम्बन्धमा चेकजाँच गरी हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नको लागि प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयको निर्देशन अनुसार आज सो दुवै परीक्षण गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, चितवन अटो मेकानिकल संघ र चितवन मोडल अस्पतालको संयुक्त आयोजनामा सवारी साधनको यान्त्रिक परिक्षण तथा चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको थियो ।

आज बिहान ८ बजेदेखि १० बजेसम्म भरतपुरको आँपटारी चोकमा सञ्चालित उक्त कार्यक्रममा ३२ वटा सवारीको यान्त्रिक परिक्षण र ७७ जना चालकको स्वास्थ्य परीक्षण गरिएकोमा १२ जना चालकहरुमा प्रेसर र ९ जना चालकहरुमा सुगरको समस्या देखिएकोले थप उपचारको लागि अस्पताल जान सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>