क्रिकेट
एशिया कप छनौटः सिंगापुरविरुद्ध नेपाल व्याटिङमा, नेपालको उत्कृष्ट सुरुवात
०

काठमाडौं, असार २०–
मलेसियामा जारी एसीसी यु १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तरगत नेपालले दोस्रो खेलमा अहिले सिंगापुरविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर नेपालले व्याटिङ गर्दै उत्कृष्ट सुरुवात गरेको छ । ओपनर रित गौतम र खडक बहादुर बोहरा क्रिजमा रहेका छन् । गौतम ५१ र बोहराले ६२ रन बनाएका छन् । नेपालले २७ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा १६८ रन बनाएर खेलिरहेको छ । नेपालका पवन सराफ ४५ रन बनाएर आउट भए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>