धादिङ
धादिङमा चितवनका इन्द्रबहादुरले गोली चलाएको आरोप
०

धादिङ, असार १९–
धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ ।
गोली टाउकोमा लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा उनलाई गोली हानिएको थियो ।
चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनले आरोप लगाएका छ्न् । २ महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै २ नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>