चितवन विशेष

गिरिजाको सम्झनामा चितवन कांग्रेसको विशेष कार्यक्रम गर्ने

Banner

चितवन, असार १७–

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती भोलि (बुधबार) चितवनमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली राजनीतिका युग पुरुष एवम् शान्ति सम्झौता प्रक्रियाका मुख्य व्यक्ति गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै नेपाली कांग्रेस चितवन र यस मातहतका संगठनले छुट्टाछुट्टै कार्यक्रम गरी मनाउने भएका हुन् । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार बुधबार बेलुका नारायणी नदी किनारमा कोइरालाको सम्झनामा लाख बत्ती प्रज्वलन गरिँदैछ ।

त्यस्तै, जीपी कोइराला फाउण्डेसन क्षेत्र न २ को आयोजनामा उद्योग वाणिज्य संघमा वृहत् प्रवचन कार्यक्रम हुने भएको छ । उता नेपाली कांग्रेस भरतपुर १० ले पनि विविध कार्यक्रम गर्ने बताइएको छ । साविक क्षेत्र न ४ ले आफ्नो कार्यालय परिसरमा सरसफाइ र वृक्षरोपण गरी कोइरालाको जन्मजयन्ती मनाउने तयारी गरेको छ ।

बुधबार हुने कार्यक्रममा सहभागी हुन पूर्वसञ्चार मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल चितवन आइसकेका छन् ।  नेपाली कांग्रेस जिल्ला कार्यसमितिको गत २ गते बसेको बैठकले गिरिजाप्रसाद कोइरालाको योगदान र उनलाई स्मरण गर्ने गरी विभिन्न कार्यक्रम गर्ने निर्णय भएको थियो । नेपाली कांग्रेसका तात्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको बिहारमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>