चितवन विशेष
जनता बैँकको एक साथ छ शाखाबाट कारोबार सुरु

चितवन, असार १६-
जनता बैंक नेपाल लिमिटेडले आज एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ ।
बैँकले आज जारी गरेको विज्ञप्तिअनुसार काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोबार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यका बाहिर बागलुङ, बजार, कपिलवस्तुको तौलिहवा र धनगढीको सेतो पुलमा नयाँ शाखा खोलिएको हो ।
तौलिहवा शाखाको उद्घाटन संघीय संसदका सांसद बृजेशकुमार गुप्ताले गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको समेत उपस्थिति रहेको उक्त समुद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैंकको बारेमा मन्तब्य राखेका थिए ।
यसैगरी काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको सञ्चालकश्री लङ्कबहादुर केसी, वनस्थली खरिबोट शाखाको सञ्चालक गौतमप्रसाद खनालले उद्घाटन गरे भने थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्यामगिरी र बैंकका सञ्चालक बिनितकुमार अग्रवालबाट संयुक्तरुपमा उद्घाटन सम्पन्न भयो । साथै सेतो पुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बँैकका चिफ बिजनेस अफिसर कल्याण पाँडेलेसंयुक्तरुपमा र बाग्लुङ शाखाको बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराजजंग राजभण्डारीले उद्घाटन गरे । बाग्लुङ शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यको उपस्थिति रहेको थियो ।
नयाँ खोलिएका शाखाबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधालगाएत सम्पूर्ण आधुनिक बैकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराइने छ । आज उद्घाटन भएका शाखासमेत जनता बैंकको शाखा सञ्जाल पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १४१ पुगेको बैँकले जनाएको छ । त्यस्तै काठमाडांै उपत्यकामा २३ शाखा रहेका छन् ।