मध्य नेपाल

असार १५ः आफ्नै पुर्ख्यौली थलोमा ‘हली’ बने बाबुराम

Banner

गोरखा, असार १५-

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई असार १५ मा रोपाई गर्न गृहजिल्ला गोरखा पुगेका छन् । उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाए । पालुङछार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मको आयोजनामा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।

रोपाई कार्यक्रममा भट्टराईले खेत साउने, बाउसे गर्ने र रोप्ने काम गरे । उनले किसानकै भेषमा छत्रे टोपी सर्ट र हाफ पाइन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>