धादिङ
पृथ्वीराजमार्गको बेनिघाटमा माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु, ३० घाइते
०

धादिङ, असार १५ –
धादिङको बेनिघाटमा बस दुईवटा माइक्रोबस ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।
माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएको दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको धादिङको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>