धादिङ

अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

Banner

धादिङ, असार १४-

बालुवा र लेदोले शनिबार बिहानैदेखि अवरुद्ध पृथ्वीराजमार्ग ७ घन्टापछि आज दिउँसोबाट सञ्चालनमा आएको छ ।

शनिबार बिहान परेको पानीले गल्छिको गर्दो खोलादेखि बैरेनी महेश दोभानसम्म करिब डेढ किलोमिटर राजमार्गमा लेदो र बालुवा पसेको थियो । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको स्वामित्वको केबीएस कन्स्ट्रक्सन एण्ड सप्लायर्सले राजमार्गदेखि सञ्चालनमा ल्याएको बालुवाखानीबाट हरेक वर्षातमा लेदो र बालुवा राजमार्गमा बग्ने गरेको छ । हरेक वर्ष यसरी नै अवरुद्ध हुने गरेपछि सडक डिभिजनको गजुरीस्थित कार्यालयले स्थानीय तह, खानी सञ्चालक कम्पनी र स्थानीय प्रशासनलाई पत्राचार गरी दिगो रुपमा व्यवस्थापन वा बन्द गर्न लेखेको थियो । उक्त खानीले नियमित राजमार्ग अवरुद्ध गर्न थालेपछि बन्द गर्न स्थानीयबासीले माग गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>