देश/प्रदेश

पूर्वबाट मध्यक्षेत्रमा आइपुग्यो मनसुन, आज मध्यक्षेत्रमा पानी पर्ने

Banner

काठमाडौं, असार ७–

दश दिन ठिलो नेपाल प्रवेश गरेको मनसुन आज मध्यभागमा आईपुगेको छ । पूर्वी भेगबाट बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्यक्षेत्रमा आइपुगेको छ ।
मनसुन पश्चिमसम्म पुग्न अझै दुई दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मनसुन विस्तारै पश्चिम सर्ने क्रममा रहेको छ ।
पूर्वबाट बगेको जलवाष्पसहितको हावा पश्चिम पुगेपछि मात्र देशैभर मनसुन सक्रिय हुनेछ । नेपालमा मनसुनी वायु प्रवेश गरे पनि निरन्तर पानी पार्ने प्रणाली भने अहिले सक्रिय छैन ।

अबको दुई दिन पूर्वमा बढी र मध्य तथा पश्चिममा कम पानी पर्ने अनुमान गरिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । आज देशको पूर्वी तथा मध्यभागमा बदली रहने र पश्चिमी भागमा आशिंकदेखि सामान्य बदली हुनसक्ने विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>