क्रिकेट

सोमपाल पनि विदेशी फ्रेन्चाइज लिग खेल्ने

Banner

काठमाडौं, असार ६–

नेपाली क्रिकेटर सोमपाल कामी पनि विदेशी फ्रेन्चाईज लिन खेल्ने भएका छन् । सन्दीप लामिछाने पछि ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगिता खेल्ने सोमपाल दोस्रो खेलाडी बनेका छन् । सन्दीपले गत संस्करणको ग्लोबल टी–२० क्यानडा खेलेका थिए । सन्दीप यस पटक भने टोरोन्टो नेशनल्सबाट खेल्दै छन् ।

बिहीबार भएको ड्राफ्टमा सोमपाललाई विनिपिग हक्सले लिएको हो । ११ औं राउन्डमा उनलाई विनिपिग हक्सले लिएको हो । सोमपालको टिममा डरेन ब्राभो, जेपी डुमिनी, साइमन अनवर लगायत छन् ।

यस्तै सन्दीपको टिममा युवराज सिंह, टेन्ट बोल्ट, ब्रेन्डन म्याकमल, किरण पोलार्ड लगायत छन् । प्रतियोगिता आउँदो २५ जुलाइबाट सुरू हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>