धादिङ
धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ गम्भीर
०

चितवन,असार ६-
धादिङमा शुक्रवार जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६ मा बाँझागाउँमा बा१६च ९४०८ नम्बरको गाडी दुर्घटना हुँदा २ जना पुरुष र २ जना महिला गरी ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवारले बताए । कार्कीडाँडाबाट बैरेनी आउँदै गरेको महिन्द्रा गाडीमा सवार १४ जनामध्ये २ जना महिला र २ जना पुरुषको घटनास्थलमा मृत्यु भएको एसपी बैदवारले बताए ।
मृत्यु हुनेमा गल्छी गाउँपालिका–४ कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, सोही गाउँ बस्ने ३२ वर्षीय सेतु मिजार, गल्छी–६ बाझगाउँका ३० वर्षीय कान्छी भुजेल, गल्छी–६ बाझगाउँकै २५ वर्षीय नानु तामाङ रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>