खैरहनी

खैरहनीको नीति तथा कार्यक्रमः शौचालय निर्माणमा सहयोग गर्ने

Banner

चितवन, असार ५–

खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम विहीबार सार्वजनिक गरेको छ ।

कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि खैरहनीले नीति तथा कार्यक्रम ल्याएको हो । विहीबार सुरु भएको पाँचौ नगर सभामा नगर प्रमुख लालमणी चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । खैरहनी नगरपालिकाले घरमा हुने सुत्केरीको संख्यालाई न्यूनीकरण गर्न स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई एम्बुलेन्स भाडा उपलव्ध गराउने नीति अख्तियार गरेको छ ।

‘स्वास्थ्यको जोखिम मोलेर अझै पनि घरमै सुत्केरी गराउने क्रम छ’ नगर प्रमुख चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने–‘सुत्केरी हुँदा आमा र बच्चाको मृत्युको सम्भावनालाई ध्यान दिँदै स्वास्थ्य संस्थासम्म पु¥याउन एम्बुलेन्स भाडा उपलव्ध गराउन लागेका हौं ।’

खैरहनीले नगरपालिका भित्र आँखा अस्पताल निर्माणका लागि पहल गर्ने, खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा विकास गर्ने, आर्थिक अभावका कारण शौचालय निर्माण गर्न नसकेकालाई शौचालय निर्माणमा सहयोग गर्ने नीति अवलम्वन गरेको छ ।

खरको छानो भएका विपन्न परिवारलाई खरको छानो मुक्त गर्न सहयोग गरिने नगर प्रमुख चौधरीले बताए । नगरभित्र करिव ३ सय वटा खरको छानो रहेको उल्लेख गर्दै चौधरीले दुई वर्ष भित्र खरको छानो मुक्त नगर बनाइने बताए । यस्तै खेलकुदको विकासका लागि आवश्यक कानुन तर्जुमा गरी नगर खेलकुद विकास समिति गठन गर्ने जनाएको छ ।

युवाहरुलाई व्यवसायमा उत्प्रेरित गराउन शून्य व्याजदरमा कर्जा उपलब्ध गराउने नगर प्रमुख चौधरीको भनाई छ । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न उद्यमी तथा स्वरोजगार युवाहरुलाई सम्मान र प्रोत्साहन गरिने जनाएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन प्रारम्भिक बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । विद्यालयको करेसाबारीमा मसलाबाली उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममाथी विहीबारनै छलफल भएको छ भने आउँदो असार १० गते बजेट सार्वजनिक गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>