चितवन विशेष

विश्वविद्यालयको शिक्षा किसानसम्म पुग्न सकेनः कृषिमन्त्री लामा

Banner

चितवन,असार ३-

कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आयोजित कृषि प्रदर्शनी तथा कृषक मेला आज (मंगलबार) देखि सकिएको छ । मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले समापन गर्नुभयो । सो समारोहमा बोल्दै मन्त्री लामाले विश्वविद्यालयको शिक्षा किसानसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले किसानले लाभ लिने र उत्पादन र उत्पादकत्व बढाउन विश्वविद्यालयले उत्पादन गरेको जनशक्ती प्रयोग हुनुपर्ने बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा आम मानिसको विश्वास जाग्न थालेको बताउनुभयो । ‘नेपालको कृषि प्रणालिप्रति विश्वका मानिको ध्यान केन्द्रित भएको छ,उहाँले भन्नुभयो’,तर नेपालका युवाहरु अझै कृषिमा आकर्षित हुन सकेका छ्रैनन् यो विडम्बनाको बिषय हो ।’ उहाँले विदेशमा अध्ययन गरेका र सिप सिकेका नेपालीलाई नेपालमै फर्केर काम गर्ने बातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धिको नयाँ युग सम्भव हुने उहाँले बताउनुभयो । मन्त्री लामाले भन्नुभयो, ‘कृषिलाई आधुनिकीकरण नगरेसम्म विकासको स्वाद चाख्न पाइँदैन, देशको आर्थिक विकासका लागि कृषिलाई आधुनिकीकरण गर्नु अपरिहार्य छ ।’

विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित कृषि सङ्कायको परिसरमा मेला आयोजना गरेको हो । मेलामा पाँच हजार बढि किसानले अबलोकन गरेको मेला सचिवालयका संयोजक प्रा डा अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>