चितवन विशेष

गर्मीले भरतपुरका विद्यालय तीन दिन बन्द

Banner

चितवन, असार १

भरतपुर महानगरपालिकाले चितवनमा अत्यधिक गर्मी बढेको कारणले महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले पठनपाठन हुने कुल दिनमा नघट्ने गरी बर्षे बिदाबाट कट्टा हुने गरी बिदा  दिन अनुरोध गरेको छ । महानगरपालिकाबाट आज जारी गरिएको सूचनामा असार २ गतेबाट असार ४ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको छ । चितवनको तापक्रम पछिल्लो समय बढेर ३८ डिग्री सेन्टिग्रेड पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>