प्रवास

एनआरएनए अष्ट्रेलिया निर्वाचनः उपाध्यक्षमा उम्मेद्वारी दिने को हुन् डिला खरेल ?

Banner

अष्ट्रेलिया, जेठ ३०–

नेपालीहरुको महत्वपूर्ण वैदेशिक गन्तव्य अष्ट्रेलियामा यतिबेला प्रवासी नेपालीहरुलाई चुनावी माहोलले झपक्कै छोएको छ । प्रवासी नेपालहरुको साझा संस्था गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनले यहाँको माहोल तातेको छ । चुनावी मैदानमा उम्मेद्वारहरु उत्रिने क्रम बढ्दै गईरहेको छ ।

\यही मैदानमा अस्ट्रेलियामा रहेका प्रवासीहरुमाझ लोकप्रिय युवा डिला खरेल उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै उत्रिएका छन् । सन् २००६ मा अध्ययनका लागि अस्ट्रेलिया आईपुगेका भरतपुर चितवनका डिला खरेलले एनआरएनए अस्ट्रेलियाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

सन् २००६ देखि नै एनआरएनए अस्ट्रेलियामा आवद्ध भएर काम गरी अनुभव हासिल गरि सकेका खरेलले आफ्नो एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । आगामी (२०१९–२१) को २४ महिने कार्यकालमा मूख्य १२ काम गर्ने भन्दै आफ्नो एजेन्डा अघि सरेका छन् ।

यस्तो छ मूख्य १२ एजेन्डाः

१. एनआरएनए अस्ट्रेलियाको विधिवत कार्यालयको स्थापना (३० अक्टोवर २०१९ भित्र सम्पन्न हुने)
२. विद्यार्थी सन्देश पुस्तिका प्रकाशन गरिने (३१ जनवरी २०२० मा सम्पन्न हुने)
३. एनआरएनए अस्ट्रेलियाको सदस्यता शुल्क घटाउने, सदस्यता संख्या बढाउने ।
४. दोश्रो पुस्ताका नेपालीसंग एनआरएनएको सहकारी र सहभागिता मुलक कार्यक्रम गर्ने ।
५. एक एनसीसी, एक लगानी, एक रोजगारी कार्यक्रम ल्याईने ।
६. एक नेपाली, एक घण्टा नेपालका लागि कार्यक्रम ल्याईने ।
७. दुर्गममा शिक्षा, दुर्गममा स्वास्थ्य कार्यक्रम ।
८. नेपालको राष्ट्रिय खेल र खेलाडीको सम्मानार्थ कार्यक्रम गर्ने ।
९. नेपाल अस्ट्रेलिया पारस्परिक सम्बन्ध विस्तार कार्यक्रम ।
१०. हाम्रा नेपाली विद्यार्थी भोलिका भविष्य ।
११. हाम्रा बा (आमा, हाम्रा माता पिता, हाम्रा अभिभावक, हाम्रा देवता)
१२. गैर आवासीय नेपाली संघको गौरव र गरिमा, सारा एनआरएनएको इच्छा पुरा विदेशीको आकर्षण (नेपाल फेस्टिभल)

को हुन् डिला खरेल ?

डिला खरेल एक सक्षम, अनुभवी र मेहनती युवा हुन् । अस्ट्रेलियाको शहरहरुमा आधिकारिक रुपमा नेपाली झण्डा फहराउने कामको शुरुवात यीनै खरेलले गरेका हुन् । उनी एनआरएनए अस्ट्रेलियाका वर्तमान प्रवक्ता समेत हुन् । स्पष्ट वक्ता, जिम्मेवारीपूर्ण नतिजासहित काम गर्ने समाजसेवी र परोपकारी व्यक्तित्वका रुपमा खरेल अस्ट्रेलियामा परिचित छन् ।

सन् २०१४ को सिड्नीमा भएको नेपाल फेस्टिभलमा सहर भरि नै नेपाली झण्डा फहराउने काम गरेका खरेल तत् पशचात समुदायमा झन् प्रसिद्ध हुँदैछन् । फलस्वरूप नै संस्था मार्फत अस्ट्रेलिया भरका हरेक सहरमा हुने नेपाल फेस्टिभलमा नेपाली झण्डा र नेपाल हाउस मार्फत नेपाली कला संस्कृति भेषभुषाको विशेष प्रस्तुतिको शुरुवात र लगातार कार्यान्वयन भइ रहेको छ ।

राष्ट्रिय उद्यमी सम्मेलनको परिकल्पनाकारः

डिला खरेल पेशाले एकाउण्टेन्ट (लेखापाल) हुन् । नेपालमा कसरी हुन्छ एनआरएनएहरुले देशको अर्थतन्त्रमा देखिने गरी प्रभावकारी सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने खरेललाई आफ्नो योजनालाई चरितार्थ गर्न सन् २०१५ देखि नेसनल अन्टरप्रेनर कन्फरेन्सको शुरुवात गरी एक एनसीसी, एक लगानी, एक रोजगारीको कार्यक्रम गरि रहेका छन् ।

संस्थाको फेडेरल दर्ता, च्यारिटी दर्ता र ट्याक्स डिडक्टीवल गराई (अस्ट्रेलियाको सल्भेसन आर्मी, रेडक्रस जस्तै) बनाई काम गर्नुपर्छ भनेर कानुनी, प्राविधिक र दर्ता प्रक्रियाको समेत संयोजन गरेका खरेलले करिव एक लाख ८० हजार नेपाली समुदाय रहेको अस्ट्रेलियामा एनआरएनए सदस्यता शुल्क घटाई सदस्यता ५० हजार बनाउने मान्यता साथ काम गरिरहेको बताएका छन् ।

एनआरएनए आइसीसीको व्यापार तथा लगानी समितिका सह–अध्यक्ष समेत रहेर काम गरेका खरेल धेरै एनआरएनहरु मध्ये एक सक्रिय, इमान्दार र उर्जाशील व्यक्तिको रुपमा छवि बनाएका छन् ।

सामाजिक कार्यक्रममा सक्रिय

डिला खरेल आफ्नो व्यवसायमा मात्रै नभई सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी चितवनका विभिन्न क्षेत्रमा आफ्नो योगदान दिएका छन् । विद्यालयमा अत्याधुनिक इ–लाइब्रेरी निर्माणदेखि रंगशाला निर्माणका लागि सहयोग गर्दै आईरहेका छन् । खरेल भन्छन्–‘आफ्नो काम त छदै छ, समाजमा केही योगदान गर्ने प्रयासरत छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>