चितवन विशेष

रत्ननगरका विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण

Banner

चितवन, जेठ २६-

 रत्ननगर नगरपालिकामा सञ्चालित बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत नगर भित्रका सात वटा विद्यालयलाई स्टेशनरी सहयोग गरिएको छ ।

बालश्रम न्यूनीकरण कार्यक्रमको सेवा प्रदायक संस्था रत्ननगर उद्योग वाणिज्य संघले गरिब समुदायका विद्यालय पढ्ने विद्यालयको छनौट गरी स्टेशनरी सहयोग गरेको हो । एउटा विद्यालयमा २०० देखि ४०० सम्म कपी, १०० देखि २०० सम्म कलम र सोही संख्यामा पेन्सिल र इलेजर प्रदान गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक दीपककुमार कर्माचार्यले बताए ।

रत्ननगर नगरपालिका–१ मा रहेको ओम शान्ति आधारभूत विद्यालय,वडा नं ११ मा रहेको पञ्चतेज ज्योति आधारभूत विद्यालय, वडा नं १५ मा रहेको विन्देश्वरी मावि, सोही वडामा रहेको आधारभूत विद्यालय माधवपुर, माधवपुर मावि, वडा नं १३ मा रहेको देविरमण आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयमा कापी, कलम, पेन्सिल, इरेजर प्रदान गरिएको हो ।

सात वटै विद्यालयमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष राजाराम रेग्मी, कार्यक्रम संयोजक कर्माचार्य र पूर्वअध्यक्ष ज्ञानबहादुर विसुरालले सो सामग्री विद्यालयलाई हस्तान्तरण गरेका थिए । पूर्वअध्यक्ष रेग्मीले शैक्षिक सामग्री नभएर विद्यालय जान नसकेका विद्यार्थीलाई केन्द्रित गरी विद्यालयलाई स्टेशनरी सहयोग गरिएको बताए ।

संघका अध्यक्ष रेग्मीले बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित सप्तहाव्यापी कार्यक्रम अन्तर्गत विद्यालयलाई स्टेशनरी प्रदान गरिएको बताए । माधवपुर माविमा गरिएको कार्यक्रममा वडा नं १५ का अध्यक्ष हुमनाथ लामिछानेले बालमैत्री वडा घोषणा कार्यान्वयनको लागि आफू लागि परेको बताए । रत्ननगरलाई सन् २०१९ भित्र बालमैत्री नगर बनाउने उद्देश्यका साथ श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुनर्मिलन, उनीहरुलाई शिक्षा, अभिभावकको आयआर्जनको तीब्ररुपमा काम भइरहेको मेयर नारायण वनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>