अर्थ

बजेटमा ३ नं. प्रदेश सरकारलाई अनुदान कम

Banner

हेटौँडा, जेठ २५–

सङ्घीय सरकारले प्रदेश नं ३ को सरकारलाई विनियोजन गरेको चालु आर्थिक वर्षको बजेट आगामी आर्थिक वर्षको तुलनामा करीब रु.डेढ अर्ब कम छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि रू. १५ अर्ब छ करोड १३ लाख अनुदान दिने घोषणा गरेकामा आव २०७५/७६ मा १६ अर्ब ५८ करोड उपलब्ध गराएको थियो ।

प्रदेश सरकारले २०७६/७७ का लागि रु.सात अर्ब ५९ करोड ६४ लाख समानीकरण अनुदान पाउने भएको छ । सङ्घीय सरकारले आगामी आवको बजेटमा प्रदेश र स्थानीय तहलाई छुट्याइएको बजेट चार किस्तामा हस्तान्तरण गरिने र सो रकमलाई प्रदेश र स्थानीय तहले आफै कार्यक्रम बनाएर खर्च गर्नुपर्ने बताइएको छ ।

केन्द्रीय सरकारले बजेट पठाउनु अघि प्रदेश र स्थानीय तहले वित्तीय समानीकरण अनुदानबाट खर्च भएको रकमको विवरण सामाजिक कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पठाउनुपर्ने छ । यसरी विवरण पठाउनुपर्ने अवधिभित्र खर्चको विवरण स्थानीय र प्रदेशले पठाएन भने बजेट सम्बन्धित खातामा नपठाइने कोष तथा नियन्त्रण कार्यालय हेटौँडाका पदाधिकारीको भनाइ छ ।

यसैबीच हेटौँडामा सञ्चालित सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बढाउन र मर्मतका लागि बजेट छुट्याइएको सो उद्योगले जनाएको छ भने हेटौँडा–१४ मयुरधापमा निर्माणाधीन प्रादेशिक औद्योगिक क्षेत्र निर्माणका लागिसमेत सङ्घीय सरकारले बजेट विनियोजन गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>