चितवन विशेष
रत्ननगरको चाउचाउ गोदाममा आगलागी, क्षतिको विवरण आउन बाँकी
०

चितवन, जेठ २५ –
पूर्वी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार आज बिहान १०ः२० बजे रत्ननगर नगरपालिका–१४ मा रहेको एबिसी चाउचाउको गोदाममा आगलागी भएको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार आगो नियन्त्रणमा आइसकेको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ । विद्युत् चुहावट हुँदा आगलागी भएको उनले जानकारी दिए ।
स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगोका कारण उत्पादित चाउचाउ र बोराको गोदाममा क्षति पुगेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>