क्रिकेट

चितवनमा रंगशाला बनाउन सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री विश्वकर्मा

०
Banner

चितवन, जेठ २४–

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले चितवनको रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले भरपुर सहयोग गर्ने बताएका छन् ।

रंगशालाको आज निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने बताए । रंगशाला निर्माणका क्रममा सरकारको समेत साथ, सहयोग र लगानी रहने भन्दै मन्त्री विश्वकर्माले यो रंगशाला निर्माणका लागि सरकार मेरुदण्डको रुपमा रहने बताए ।

निर्माणका क्रममा आउन सक्ने सबै खालका चुनौतीको सामना सरकारले गर्ने उनको भनाइ छ । उनले राष्ट्रिय गौरवका आयोजना भएकोले कुनै पनि प्रकारका अवरोध खडा गर्न नहुने मन्त्री बताए ।

यही जेठ १५ गते विहानै रंगशालाको पश्चिम बारमा केही स्थानीयले डोजर लगाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>