Uncategorized

गैंडाकोटका प्रहरी प्रमुख जिसी १० लाख घुससहित पक्राउ

Banner

कावासोती, जेठ २२-

सवारी ज्यान मुद्दामा १० लाख घुस खाएर नक्कली चालक खडा गर्ने प्रहरी निरीक्षक अख्तियारको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई मंगलबार पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको हो । उनीविरुद्ध १० लाख रुपैयाँ लिएर सवारी ज्यान मुद्दामा चालक फेरेको प्रमाणसहित उजुरी परेको थियो ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु र अर्का गम्भीर घाइते भएको घटनामा जीसीले चालक फेरेर दोषीलाई उन्मुक्ति दिएका थिए । घटनाको विषयलाई लिएर निरीक्षक जिसीले उल्टै पीडित पक्षलाई हप्कीदप्की समेत गरेको बताइएको छ ।

आयोगका अनुसार बैशाख ११ मा बोधराज पाण्डेयले चलाएको जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्गमा राति ११ बजे भएको घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक जिसीले बेइमानी गरेको आरोप छ ।

निरीक्षक जिसीले मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएकाले चालकको पहिचान नुखल्ने भन्दै पाण्डेको साटो किसुन महतोलाई नक्कली चालक बनाएर उभ्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>