Uncategorized

हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि छिट्टै सडक संघर्षः राप्रपा अध्यक्ष पशुपति शमशेर राणा

Banner

काठमाडौं, जेठ २२-

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् ।

बुधबार रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने बाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताएका हुन् । उनले भने, ‘नेपाललाई विदेशीको इशारामा दुई÷चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं ।’

साक्षात्कारमा अध्यक्ष राणाले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिने पनि स्पष्ट पारे । राणाले थपे, ‘नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन् । हामीसँग भएको संख्या नै काफी छ।’ अध्यक्ष राणाले हिन्दूराष्ट्र स्थापनाको लागि गरिने सडक संघर्ष र सरकारको विरुद्धमा गरिने संघर्षका कार्यक्रम दुवै अलग–अलग विषय भएको पनि उनको भनाई छ । हिन्दूराष्ट्र पूर्नस्थापनको लागि सकेसम्म छिट्टै सडकमा आउने पनि उनले जनाए ।

तपाईहरु मुलुकमा राजसंस्था फर्काउने पक्षमा हुनुहुन्छ, त्यसका लागि कसरी अघि बढ्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘यो मुलुकमा नयाँ संविधान बनाउने प्रमुख चार शक्तिमा हामी पनि एक थियौं । संविधान जारी गर्दा हामीले यो एजेण्डामा त्यति ध्यान दिएनौं । हामी बढी हिन्दूराष्ट्रको एजेण्डामा केन्द्रित भयौं ।’ राणाले राष्ट्रप्रमुखको भूमिका प्रजातन्त्र र गणतन्त्र अनुकुल चल्न नसकेको खरो टिप्पणी गरे । उनले भने,‘अरवौंको खर्च गरेर राष्ट्रपतिको लागि हेलिकप्टरको सवारी तय गरिँदैछ । मेरो काका, जिजुकाकाले दिएको जग्गाले नपुगेर थप जमिन जोड्न कुरा भइरहेको छ । राष्ट्रपतिको यो किसिमको सोख प्रिभेन्ट गर्न सकिँदैन ।’ उनले कुनैपनि पार्टीको सदस्य नभएको र पूरानो संस्था भएकोले राजालाई निश्पक्ष राष्ट्रप्रमुखको रुपमा राख्न अनुकुल हुने कुरा आफूहरुले उठाएको सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>