चितवन विशेष

लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको अध्यक्षमा रानाभाट

Banner

चितवन, जेठ २०–

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपाल चितवन शाखाको अध्यक्षमा लोकबहादुर रानाभाट चयन भएका छन् ।

आज (सोमबार) नारायणगढमा भएको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले रानाभाटको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई, द्धितिय उपाध्यक्षमा बसन्त लामा, सचिवमा जीवी सुनार, सह–सचिवमा जुना डिसी, कोषाध्यक्षमा उपेन्द्र देवकोटा, सह–कोषाध्यक्षमा आयुष्मा केसी चयन भएको निर्वाचन समितिका संयोजक प्रभातकुमार जोशीले जानकारी दिए ।

यस्तै सदस्यहरुमा दिलकुमार श्रेष्ठ, ढाकाराम पौडेल, विक्रम क्षेत्री, निश्चल मगर, सरिता गुरुङ श्रेष्ठ, नेत्र जी पन्त, सुनिता विक, शक्तिकुमार गोदार, रोशन खड्का, तोप शाही, मनबहादुर थापा मगर, दुर्गा बजगाई चयन भएका छन् ।

 

यसअघि अधिवेशनको प्रतिष्ठानका केन्द्रीय संस्थापक अध्यक्ष अमर विरही गुरुङले समुद्घाटन गरेका थिए । सो क्रममा बोल्दै उनले चितवन शाखाले उत्कृष्ट कार्य गर्दै आईरहेकोमा धन्यवाद दिँदै आगामि दिनमा अझै सक्रिय भएर संस्थालाई अगाडि बढाउन आग्रह गरेका थिए । यस्तै चितवन शाखाका संस्थापक शान्तकुमार पियाले धेरै मेहनतका साथ संस्था यहाँसम्म आईपुगेको भन्दै अब युवाहरुको काँधमा आईपुगेको बताए । सोही क्रममा संस्थापक अध्यक्ष पियाको जन्मदिन मनाईएको छ । कार्यक्रममा सहभागिहरुले केक काटेर, खादा ओढाएर पियालाई बधाई दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य सन्तोष आले, नारायणगढ लायन्स क्लवका पूर्व अध्यक्ष शिद्धकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पुराना गायक एवंम प्रतिष्ठानका सल्लाहकार सोम भुजेललाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव कृष्ण भट्टराई र कोषाध्यक्ष बसन्त लामाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष आनन्द कुमार रञ्जितको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतिष्ठानको चितवन शाखा २०५८ सालमा स्थापना भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>