चितवन विशेष

वातावरण जोगाउन युवाहरुलाई प्रशिक्षण

Banner

चितवन, जेठ २०–

विश्व वातावरण दिवसको अवसरमा ‘वातावरण र यसको संरक्षण’ विषयक दुई दिने सेमिनार आज (सोमबार)देखी भरतपुरमा सुरु भएको छ ।

चितवनका युवाहरुको संघसंस्थाको छाता समूह टिम चितवनको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको सहयोगमा भरतपुरस्थित क्यान्सर अस्पतालको सभाहलमा सेमीनार सुरु भएको हो । सेमिनारको एक भव्य समारोहकाबीच प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समुद्घाटन गरे ।

सो क्रममा बोल्दै मन्त्री लामाले वातावरणलाई सफा बनाउन घरबाटै सुरुवात गर्नुपर्ने बताए । उनले तिनै तहका सरकार मिलेर वातावरण प्रदुषण रोक्नुपर्ने भन्दै फोहोरलाई सहज रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । उनले घरबाट निश्किने फोहोरलाई मलको रुपमा विकास गरी प्राङगारिक खाद्यान्न उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

करिव पाँच सय युवाहरु सहभागि कार्यक्रममा वातावरणविद् डा. अनुप गुरुङ र सुशील कुमार कार्कीले वातावरण संरक्षण र यसको महत्वको बारेमा आफ्नो प्रस्तुती दिएका थिए ।

सेमिनार अन्तरगत भोलि (मंगलबार) महिलाहरुलाई वातावरण संरक्षण र यसको महत्वको बारेमा तुलसी ज्ञवालीले प्रशिक्षण दिने कार्यक्रम संयोजक रेशमराज थापा (ऋषि)ले जानकारी दिए । यसवर्ष ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाईदै छ ।

कार्यक्रममा एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी, बालकुमारी कलेजका प्राचार्य जगदिश्वर खनाल, वातावरणविद् तुलसा ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आयोजक संस्थाहरु स्माइल नेपालका संयोजक सन्तोष पन्त, दारी ग्याङ चितवन संयोजक रेशम अधिकारी, हेल्प फर ह्यापिनेसका संयोजक नविन तिवारी र एम.डब्लु.आर.आरका कृष्ण शर्माको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>