गण्डकी

गाउँ घान्द्रुकसम्मको सडक कालोपत्रे गरिने

Banner

कास्की, जेठ २०–

विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ ।

विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय कास्कीको रु.१९ करोड लागतमा नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुकसम्मको १० किमि सो सडक सातदेखि नौ मिटर फराकिलो बन्ने कार्यालयका इञ्जिनीयर रामकुमार श्रेष्ठले बताए ।

सडक स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चुनौतीको सामना गर्दै, समस्या भोग्दै र त्यसबाट पार गर्दै सरकार अघि बढेकाले आगामी वर्षबाट बजेट कार्यान्वयनमा कठिनाइ नपर्ने बताए ।

समयमै कर्मचारी समायोजन हुन नसक्नु, प्रदेश मातहत कार्यालय स्थापनामा ढिलाइ, ऐन कानूनको अभावलगायतका कारणबाट चालू आवमा लक्ष्यअनुसार बजेट कार्यान्वयन गर्न कठिनाइ भएको उनको भनाइ छ ।
सरकारले आगामी वर्ष रु ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिरहेको बताउँदै उहाँले चालू वर्षकै योजना तथा कार्यक्रमलाई पूरा गर्ने गरी बजेट आउने र नयाँ योजना नल्याइने स्पष्ट पारे ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न शुरु भएको बताउँदै आगामी चार वर्षभित्रमा बाँकी काम पनि पूरा गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>