देश/प्रदेश

पत्रकार गोविन्द शर्माको मृत्यु

Banner

काठमाडौं, जेठ १९–

ललितपुरको धोबीघाटमा भएको सडक दुर्घटनामा तत्कालीन प्रेस सेन्टर काठमाडौँका अध्यक्ष गोविन्द शर्माको मृत्यु भएको छ । उनीसँगै मोटरसाइकल चालक चन्द्रमणि मुडभरीको पनि मृत्यु भएको छ ।

आज दिउँसो साढे ३ बजे स्कोरपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । सातदोबाटोतर्फबाट बल्खु आउँदै गरेको स्कोरपियो र विपरीत दिशाबाट आएको मोटरसाइकल आपसमा ठोकिएका महानगरीय ट्राफिक प्रहरी प्रभाग सानेपाका प्रमुख (प्रहरी नायब निरीक्षक) हरिसिंह धामीले बताए ।

उनका अनुसार मोटरसाइकल चालक मुडभरी र पछाडि बसेका शर्मा दुवैको टाउकामा चोट लागेको थियो । घाइते दुवैलाई पहिले मेघा अस्पताल लगिएको र अस्पतालले रिफर गरेर नर्भिक अस्पताल पठाएको उनले बताए । उनले भने, “नर्भिक अस्पताल पुगेको केही समयमा उनीहरुको मृत्यु भएको थियोे ।” स्कोरपियोका चालकलाई नियन्त्रणमा लिइएको प्रभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>