देश/प्रदेश

गलत प्रवृत्ति विरुद्ध कलाकारले आवाज उठाउनुपर्छः उपप्रधानमन्त्री पोखरेल

Banner

काठमाडौँ, जेठ १८–

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रका विकृतिलाई सांस्कृतिक क्षेत्रबाट खबरदारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक क्षेत्र विभिन्न स्वार्थबाट ग्रसित बनिरहेको बताउँदै गलत प्रवृत्तिका विरुद्ध कलाकारले आवाज उठाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय नाचघरमा पोखराका कलाकार पदमराज ढकालको एकल साङ्गीतिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सांस्कृतिक क्षेत्रको विकासका लागि सरकारले आवश्यक कदम चाल्न पछि नपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले मुलुकलाई हरेक क्षेत्रमा समृद्ध बनाउने बताउनुभयो ।

एकल साङ्गीतिक कार्यक्रममा गायक ढकालले एक दर्जन बढी गीत गाउनुभयो । उहाँले एउटा गीत गाउन मन लाग्यो धरतीको, उठौँ न युवा, जहाँ गए पनि कहाँ भुल्न सक्छु र, हिँडे मत लाहुर, जति हे¥यो उति झन् राम्रो, शहीदहरुलगायतका गीत गाउनु भएको थियो । उहाँलाई चर्चित गायिका हरिदेवी कोइलाला, कृष्णा परियार, रितु लामा, दुर्गा परियारले साथ दिनुभएको थियो ।
कलाकार उपचार कोष तथा सप्तरङ्गी सांस्कृतिक पुरस्कारमा सहयोगार्थ एकल साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको गायक ढकालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>