चितवन विशेष

यातायात व्यवस्थापन बारे ट्राफिक प्रहरीलाई प्रशिक्षण

Banner

चितवन, जेठ १८–

प्रदेश ३ अन्तरगत कार्यरत ट्राफिक प्रहरीहरुलाई सडक सुरक्षा तथा यातायात व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ ।

नाराणगढमा दुईदिन सम्म चलेको तालिममा प्रदेश ३ का चितवन, धादिङ र मकवानपुरका गरी ३५ जना ट्राफिक प्रहरी सहभागि थिए । उनीहरुलाई दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था, सवारी साधनको निरीक्षण, ट्राफिक व्यवस्थापन र यातायात व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा यातायात व्यवस्था विभागका निर्देशक श्रीचन्द्र शाह, सवारी परीक्षण कार्यालय टेकुका प्रमुख रामचन्द्र पौडेल, यातायात व्यवस्था विभागका प्राविधिक सल्लाहकार डा.पदम शाही, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी नायव उपरीक्षक कृष्ण खड्का, प्रहरी नायव निरीक्षक लालकाजी खड्का, शैलेन्द्र मिश्रलगायतले प्रशिक्षण दिएका थिए ।

सडक दुर्घटना सूचना व्यवस्था प्रणाली हाल काठमाडौं उपत्यका र काठमाडौंदेखी वीरगंज कोरिडोरसम्म लागु गरिएको छ । सो बारेमा विशेष जानकारी गराएको प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी नायव उपरीक्षक कृष्ण खड्काले जानकारी दिए ।

यातायात व्यवस्था विभाग र राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय काठमाडौंको आयोजनामा भएको तालिम प्रदेश ३ ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नविनराज राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>