चितवन विशेष

वातावरण संरक्षण बारे सेमिनार हुने

Banner

चितवन, जेठ १८–

विश्व वातावरण दिवसको अवसरमा ‘वातावरण र यसको संरक्षण’ विषयक दुई दिने सेमीनार हुने भएको छ ।

चितवनका युवाहरुको संघसंस्थाको छाता समूह टिम चितवनको आयोजनामा भरतपुरस्थित क्यान्सर अस्पतालको सभाहलमा यही जेठ २० र २१ गते कार्यक्रम हुन लागेको हो । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको सहयोगमा हुन लागेको कार्यक्रममा वातावरणविद डा.अनुप गुरुङ, सुशील कुमार कार्की र तुलसी ज्ञवालीले वातावरणको विषयमा जानकारी गराउने कार्यक्रम संयोजक ऋषि थापाले जानकारी दिए ।

यस वर्ष ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ जुन ५ तारिखमा मनाईदै छ । पत्रकार सम्मेलनमा बोल्दै एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले देखावटी कार्यक्रम भन्दा साच्चिकै जीवनमा अर्थ राख्ने खालको सेमिनार हुने भएकाले कार्यक्रममा सहयोग गरिएको बताए । उनले प्रायःजसो दिवसहरुमा सामान्य खालका कार्यक्रम मात्रै हुने भएकाले युवाहरुमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिने बताए । कार्यक्रममा नविन तिवारीलगायतले सेमिनारको फाईदाको बारेमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>