राजनीति

चर्चित पत्रकार त्रिपाठी बने ‘स्वतन्त्र राष्ट्रिय अभियान’को प्रवक्ता

Banner

काठमाडौं, जेठ १४–

भ्रष्टाचार र बिसंगतीविरुद्ध जागरण ल्याउन गठित ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ को केन्द्रीय प्रवक्तामा चर्चित पत्रकार विनोद त्रिपाठीले जिम्मेवारी पाएका छन् ।

अभियानले एक विज्ञप्ती जारीगरि डेढ दशक भन्दा बढि ब्यबसायीक पत्रकारितामा जमेका त्रिपाठीले पछिल्लो पटक राष्ट्रिय दैनिकहरुमा कुशलतापुर्वक सम्पादकको भुमिका निर्वाह गरिसकेकाले उनको अनुभव यो अभियानमा प्रभावकारी बन्ने विश्वास ब्यक्त गरेको छ । अभियानका संयोजक स्वागत नेपालद्धारा जारी विज्ञप्तीमा ५१ प्रतिशत मत ल्याउनेले मात्र सरकार बनाउन पाउने ब्यबस्था, जनचाहना अनुसार काम नगर्नेलाई सांसद, मन्त्री र प्रधानमन्त्रीबाट फिर्ता बोलाउन पाउनुपर्ने ब्यबस्था, खर्चिलो निर्वाचन प्रणाली रोक्नुपर्ने कानुन, प्रदेशस्तरका सरकारहरु अन्त्य, स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गर्ने लगायतका मुद्धाहरुमा प्रवक्ता त्रिपाठीको भुमिका शशक्त रहने अपेक्षा अभियानले लिएको उल्लेख छ ।

नवनियुक्त प्रवक्ता त्रिपाठीले पत्रकारितासंगै देश र जनताका लागि अभियन्ता बनेर स्वतन्त्र राष्ट्रिय अभियानमा खटिने बताएका छन् । दलगत पत्रकारिताको खुलेर बिरोध गर्दे आएका त्रिपाठीले समाचार र लेख मात्र समाजका जोखिम खालका बिसंगतिलाई सत्यको धरातलमा टेकेर उजागर गर्दे आएका छन् ।

यो अभियानले अहिलेसम्म ४२ वटा जिल्लामा समिति गठन गरिसकेको छ । हालसम्म विभिन्न पेशागत दर्जन विभागहरु गठन गरेर कुनै पार्टीमा आबद्ध नभएका नेपाली नागरिकलाई समेट्दै आएको छ । यो अभियानले सत्तापक्ष र अन्य अन्यायमा परेका नागरिकलाई गोलबद्ध गर्ने र जनताका प्रत्यक्ष समस्यामा जोडदारले आवाज उठाउने, न्यायका लागि काम गर्ने र भ्रष्ट तथा अपराधीहरुलाई समाजबाट बहिष्कार गर्ने लगायतका जागरणका कार्यक्रम ल्याउने संकल्प गरेको संयोजक नेपालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>