कर्पोरेट
जस्मिन पेन्ट्सको आकर्षक योजनाः एक पैसा लगानी नगरी पसल, १५ लाखको सामान उधारोमा दिने

चितवन, जेठ २–
पूँजी अभावले व्यवसाय गर्न नसकेकालाई लक्षित गर्दै जस्मिन पेन्ट्सले व्यवसाय गर्न चाहनेलाई पेन्ट्सले आफै पसल खोलिदिने आकर्षक योजना ल्याएको छ।
त्यसैगरी कम्पनीले पसलका लागि १५ लाख रुपैयाँ बराबरको पेन्ट्स उधारोमा दिनेछ। ’पूँजी अभावमा उद्यमशीलता गर्न नपाएका युवावर्गलाई लक्षित गर्दै यो योजना ल्याएका हौं’कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मण अर्यालले नारायणी अनलाइनसँग भने,’स्वदेशमा काम नपाएर विदेश जाने युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन खोजेका हौं।’ यो स्कीमबाट विशेषगरी हार्डवेयर र पेन्ट्स पसलमा रोजगारी गरिरहेका युवालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ।
उनका अनुसार मुलुकभर कुनै पनि स्थानमा पसल खोल्न चाहने व्यक्तिले सामान्य फर्म भरेपछि पेन्ट्स पसल खोल्ने बाटो खुल्नेछ।‘पेन्ट्स पसल खोल्नका लागि सामान्य व्यक्तिगत विवरणसहितको फर्म भरे पुग्छ। त्यही आधारमा कम्पनीको प्रतिनिधिले हेरेर पसलका लागि एप्रुभल दिनेछन्।’ अर्यालले भने,’पेन्ट्स पसलका लागि आवश्यक लोकेशन तय भएपछि पूर्वाधार तयार गर्ने काम कम्पनीले आफ्नै लगानीमा गरिदिन्छ। व्यवसाय सुरु गर्न कम्पनी दर्ता वाहेक एकपैसा पनि लाग्दैन्।’ कम्पनीको देशभर ८०० आउटलेट छन्। कम्पनीले वार्षिक करिब एक अर्बको पेन्ट्सको कारोबार गर्छ ।