चितवन विशेष
नारायणी टिभीबाट ‘करियर टक विथ सृजना’ प्रशारण हुने
०

चितवन, जेठ १–
नारायणी अनलाइन डटकमले ‘अनलाईन टेलिभिजन शो’ संचालन गर्ने भएको छ ।
पहिलो टेलिभिजन कार्यक्रमको रुपमा युवाहरुलाई लक्षित गरी ‘करियर टक विथ सृजना’ नामको अनलाईन टेलिभिजन शो संचालन गर्न लागेको हो । युवाहरुलाई करियरको मार्गदर्शन गर्नुको साथै शैक्षिक क्षेत्रका हरेक गविधिलाई समेट्ने गरी ‘करियर टक विथ सृजना’ कार्यक्रम संचालन गर्न लागिएको हो ।
कार्यक्रम संचालिका सृजना ताम्राकारले यस कार्यक्रममा युवाहरुलाई उत्प्रेरणा जगाउने खालको गतिविधि समेटिने जानकारी दिइन् । चितवनका प्राय सबै भेगका विद्यालय र कलेजहरुमा छायाँकन गरिने यस कार्यक्रम नारायणी अनलाईनको युट्युव च्यानल नारायणी टिभीबाट यसै महिनादेखि प्रशारण गरिने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>