विजनेश

‘गण्डकी स्मार्ट’ सञ्चालनमा

Banner

चितवन, वैशाख २५–

गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको ‘गण्डकी स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ ।

स्मार्ट मोबाइलबाट चलाउन सकिने सो सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोबाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् । GPRS/WIFI इन्टरनेट वा SMS कुनै पनि माध्यमबाट चलाउन सकिने उक्त सेवाबाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, बिद्युत महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, गण्डकी विकास बैंक भित्र वा अन्य सदस्य बैंकहरुमा रकमान्तरण सुविधा, मोबाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट विल, एयरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटीएम रहेका स्थान विवरण, खाताको विवरण डाउन्लोड सुविधा लगायतका विभिन्न सेवाहरु रहेका छन् ।

प्रविधिमा आएको विकाससँगै बैंकका सेवा सुविधालाई छिटो छरितो र स्तरीय बनाउन बैंक प्रतिबद्धताको निरन्तरता स्वरुप यो सेवा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए ।

यो सेवा प्रयोगका लागि गण्डकी विकास बैंकमा खाता भएका ग्राहकहरुले Google Play Store वा Apple App Store मार्फत न्बलमबपष् Gandaki Smart App लाई Download/Update गरी प्राप्त गर्न सक्ने जनाइएको छ । हाल बैंकको मोवाइल बैंकिङ्ग सेवा प्रयोग गदैं आएका ग्राहकहरुले Login पेजमा आफ्नो मोवाइल नम्बर र पासवर्डको लागि अहिले प्रयोग गरेको चार अंकको कोड राखेर Login गरेपछि नयाँ पासवर्ड तथा कारोवार कोड सेट गर्न सकिने छ ।

यो सेवा प्रयोग गर्न चाहने नयाँ ग्राहकले भने उक्त App मा दिएको निर्देशन अनुसार वा गण्डकी विकास बैंकको कुनै पनि शाखामा सम्पर्क गरी यो सेवा सुचारु गर्न सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>