सुदूरपश्चिम

जङ्गलमा युवक र युवतीको शव भेटियो

Banner

१९ वैशाख, भजनी (कैलाली)

कैलालीको घोडाघोडी नगरपालिका-३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ ।उक्त शव घोडाघोडी नगरपालिका-३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।

शव परीक्षणका लागि धनगढी पठाइएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । शवमा कीरासमेत पर्न थालेकाले केही दिनअघि आत्मत्या गरेको हुनसक्ने बताइएको छ ।

केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमानको कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भनी जानकारी गराएकी भन्दै केही व्यक्तिले खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुनसक्ने अनुमान गरिए पनि यकिन नभएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको उक्तकार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>