लुम्बिनी

प्रशासन शैली जनतामैत्री बनाऔं : मुख्यमन्त्री पोखरेल

Banner

२२ वैशाख, बुटवल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले परम्परागत प्रशासन शैलीलाई जनतामैत्री बनाउनुपर्ने बताएका छन् । ‘कतिपय आदतै गलत छन्, हिजो केन्द्रबाट निगरानी कम हुन्थ्यो,अब त ठाउँठाउँमा सरकार छन्,’ उनले भने ।

तेश्रो अधिबेशन (बिधेयक )को अन्तिम संसद बैठकलाई सम्बोधन गर्दै पोखरेलले साझा सूचीमा भएका कानून केन्द्रले नबनाउँदा प्रदेशमा पनि समस्या भएको बताएका छन् । उनले अघि भने, ‘कानून निर्माणमा ७ वटै प्रदेशमा सबैभन्दा पहिलो हामी पहिलो भयौं ,यहाँहरुलाई पनि बधाई छ ।’

समृद्धिका लागि शुसासन आवश्यक रहेको भन्दै उनले यस बिषयमा प्रदेश सरकार अन्तयन्तै गम्भीर रहेको समेत सुनाए ।

भूमिसुधार मालापोत, यातायात कार्यालयहरु अहिलेपनि संक्रमणकालीन प्रकृयाबाटै गुज्रिनुपरेको उनले बताए ।

बजेट कार्यान्वयनमा आगामी वर्षदेखि समस्या नहुने बताए । उनले भने-बजेट कार्यान्वयनमा चुनौती भएको छ । तर कर्मचारी कागजमा समायोजन पूरा भयो, ब्यबहारमा भएको छैन ।

ससर्त अनुदानमा केन्द्रले पठाएको रकम भन्दा ज्यादा रकम खर्च र त्यसको काम भएका उनले दावी गरे । सार्बजनिक खरिद ऐन संसोधन गर्न आबश्यक छ त्यो केन्द्र सरकारले गर्ने उनले बताए ।

तीन वटा अधिबेशनले ३८ बिधेयक पारित गरेको छ । चालु अधिबेशन आज राती १२ बजेबाट अन्त्य हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>