रत्ननगर
गुडिरहेको कारमै युवतीमाथि बलात्कार
०

बैशाख २२, २०७६
महिलामाथिको यौन हिंसा डरलाग्दो समस्याको रुपमा बढिरहेको छ । नेपाल मात्र होइन छिमेकी देश भारत पनि यो समस्याबाट मुक्त छैन ।
भारत हिमाचल प्रदेशको सिमलामा एक १९ वर्षे युवती गुडिरहेको कारभित्र बलात्कृत भएकी छन् । प्रहरीका अनुसार युवती स्वयम्ले हेल्पलाईनमार्फत् आफूलाई जबरजस्ती कारभित्र तानेर बलात्कार गरिएको उजुरी दिएकी छन् ।
घटना आइतबारको हो । उनी सिमला मल रोडनजिक पैदल हिँडिरहेकी थिइन् । त्यत्तिकैमा एउटा कार उनको नजिक आएर रोकियो । उनलाई जबरजस्ती कारभित्र तानियो र गुडिरहेको कारमा बलात्कार गरिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>