रोचक

बेलायती दरबारमा सुनको ट्वाइलेट, सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

Banner

१८ वैशाख, हेटाैंडा

बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको ट्वाइलेट कमोड जडान गरिँदैछ । बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको ट्वाइलेट जडान गरिने भएको छ । द गार्जियनका अनुसार यो कमोड १८ क्यारेट सुनले बनेको हुनेछ ।

इटालियन कलाकार मौरिजो क्याटिलेनद्वारा सो ट्वाइलेटको निर्माण गरिएको हो र उनकै एकल कला प्रदर्शनीका रुपमा ब्लेनहाइम दरबारमा सो ट्वाइलेट जडान गर्न लागिएको हो । उनको एकल कला प्रदर्शनीमा अन्य विभिन्न कलाकृति समेत रहने भएतापनि सुनको ट्वाइलेट सबैभन्दा विशेष रहनेछ । यो सुनको ट्वाइलेटको नाम अमेरिका हो ।

स्मरण रहोस् अक्सफोर्डशायर स्थित ब्लेनहाइम दरबार विंस्टन चर्चिल जन्मिएको घर हो । ब्लेनहाइम आर्ट फाउन्डेसनका संस्थापक स्पेन्सर चर्चिलका अनुसार उक्त सुनको ट्वाइलेटको सुरक्षाका लागि पर्याप्त बन्दोबस्ती गरिनेछ ।

समाचार अनुसार आम सर्वसाधारणले पनि सो ट्वाइलेटको उपयोग गर्न पाउनेछन् । सुनको ट्वाइलेट प्रयोग गर्नका लागि पहिले ने बुकिंग गर्नुपर्ने हुन सक्दछ ।

उक्त सुनको ट्वाइलेट यसअघि एकपटक तब चर्चामा आएको थियो जब सन् २०१७ मा न्युयोर्कको गुगेनहाइम संग्राहलयले अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यो ट्वाइलेट उपहार दिने बताएको थियो । त्यसबेला गुगेनहाइममा क्याटिलेनको कला प्रदर्शनी चलिरहेको थियो र त्यो सुनको ट्वाइलेट पनि राखिएको थियो । ट्रम्पले भ्यान गगको पेन्टिङ्ग मागेका थिए र त्यसको जवाफमा संग्राहलयले सुनको कमोड दिने बताएको थियो । तर त्यो त्यत्तिके टर्यो ।

ब्लेनहाइम दरबार युनेस्कोको विश्व सम्पदा सूचिमा पनि रहेको छ । त्यसैले त्यहाँ जडान हुने सुनको ट्वाइलेट पनि त्यहाँको निकै महत्वपूर्ण हिस्सा बन्नेछ ।
सुनको ट्वाइलेट जडान गरिने कला प्रदर्शनी आगामी अक्टोबर महिनामा ब्लेनहाइम दरबारमा हुनेछ । एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>