Breaking News

ज्योतिषशास्त्र अनुसार कस्तो छ वर्ष २०७६ ?

Banner

ज्योतिष शास्त्रको बारेमा चर्चा गर्दा मानिसको बारेमा भन्दा लग्न र राशिमा ध्यान दिनु पर्दछ भने नववर्षको वारेमा भन्दा त्यस वर्षको राजा, मन्त्री र वर्षारम्भको समयमा गठित ग्रह र वर्ष प्रवेश लग्न लाई समन्वय गरी बताउने हो ।

यो वर्षको संवतसरको नाम परिधावी हो । वर्षारम्भमा ग्रह गठन विधि यस प्रकार रहने छ–राजामा शनि र मन्त्रीको जिम्मेवारी सूर्यले पाएका छन् । यो गत वर्षको विपरित छ । अन्य ग्रहरुले विविध जिम्वेवारी पाएका छन् । आ–आफ्ना जिम्वेवारीमा ग्रहहरु निर्विवाद अघि बढ्ने छन् । जसअनुसार सूर्य र शनिबीचको परस्पर शत्रुभाव रहने र उनीहरुनै राजा र मन्त्री पदमा रहने भएकोले २०७६ साल ग्रहका हिसाबले खासै अनुकूल देखिदैन ।

वर्षारम्भमै गुरु बक्री हुने, गुरुको बक्र अवस्था आसार २९ सम्म रहने र वर्षको राजा शनि पनि २०७६ वैशाख १३ गते बक्र भई भाद्र २९ गतेसम्म बक्र नै रहनेछन् । शनिलाई केतुले ग्रहण योग बनाउने हुँदा नवबर्ष २०७६ साल राम्रो भन्न नसकिने देखिन्छ । बैशाख २५ गते देखि असार ९ गतेसम्म मिथुन राशिमा रहने, मंगल राहु द्वारा ग्रसित हुने र शनि मंगलको परस्पर दृष्टि रहने हुदा यो समय निकै दुखद रहनेछ ।

शनि मंगलको परस्पर दृष्टिलाई ज्योतिषका हिसाबले अति नै नराम्रो मानिन्छ । त्यस्तो स्थिति ४ बर्ष पहिले थियो । यस वर्ष अझै राहु र केतुले ग्रसित शनि मंगलको परस्पर दृष्टि र शनि राजा भई बक्र भएको हुँदा यो समय अत्यन्त कठिन रहनेछ । शनि वक्र भाद्र २९ गतेसम्म रहने भएकोले त्यो समयसम्म कठिन अवस्था आउनेछ । राजा शनिले नीतिमा लान खोज्ने र मन्त्री सूर्यले कार्यमा हस्तक्षेपको प्रयास गर्ने हुँदा अवस्था कठिन हुन सक्छ ।

यो अवस्थामा धर्म र अधिकारको नाममा जोडिएको राजनीतिले आपसी विवाद बढाउँदै गर्दा हतियारको सहारा लिन सक्दछ । जसले देश र जनतालाई अप्ठ्यारो पार्न सक्छ । वायुतत्व ग्रह र अग्नि तत्व ग्रहको द्वन्द आकाशमा हुने र विमानहरु अकाशमा उड्ने हुँदा वर्षारम्भमै र अन्य समयमा विमान दुर्घटना हुने र महत्वपुर्ण व्यक्तिको अन्त्य हुने सम्भावना रहन्छ । भूकम्प, आँधी र बाढी पहिरोले जनजीवन प्रभावित मात्र नभई त्रसित र चिन्तित बनाउने छ ।

अति वृष्टि र खण्ड वृष्टिका कारण अन्न उत्पादनमा कमी आउनाले महंगी बढ्नेछ । शनिलाइ केतुले ग्रहण योग बनाउने र साथमा वृहस्पति ज्येष्ठ ८ गते सम्म धनु रासिमा रहने तथा २०७६ वैशाख २५ देखि मिथुन रासिमा प्रवेश गरेको मंगल आसार ९ गतेसम्म रहने हुँदा त्यो समयमा शनि विक्षिप्त हुने र शनि सूर्यबीचको द्वन्दमा आसार १ देखि ७ सम्म सूर्य, मंगल, बुध साथ रहने हुँदा त्यो समय अति अशुभ हुनेछ । उक्त अशुभ ग्रहको प्रभावले पाश्चिमा सक्ति सल्वलाउने र दक्षिण उत्तर तिरकाहरु सचेत बन्ने हुँदा त्यसले समाजलाई तरंगीत पार्ने छ ।

पश्चिमा सक्तिको विस्वमा चहलपहल हुनेछ साथै नेपालमा उनिहरुका चासो धेरै बढ्नेछ । राजा शनि सकृय नहुने र मन्त्री सूर्य सकृय हुने भएकोले राजनीतिमा विवाद चर्कँदै विसम परिस्थिति सिर्जना हुनेछ । नेतृत्व अति महत्वकाँक्षी हुने, मेलमिलापको भावना हराउँदै जाने र एकाधिकारतिर उन्मुख हुँदै जाने अवस्था सिर्जना हुनेछ । गलत व्यक्तिहरु अग्रहुँदै जाँदा सही व्यक्तिहरु आझेलमा परी विकासमा ध्यान नजाने, समाज तरंगीत भै वौद्धिक वर्गको शरणमा जाने र देश र जनताको हितमा सुसंगठित भई नयाँ समिकरणमा अग्रसर हुनेछन र देशलाइ गति दिन एकजुट हुनेछन ।

कार्तिक १३ गतेपछि देशले राजनीतिक स्थायित्वको मार्ग अवलम्वन गर्नेछ । यो विसम परिस्थितिले ओझेलमा परेका पात्रहरुले पुनः अवसर पाउनेछन । समग्रमा वर्षको पूर्वार्द्ध भन्दा उत्तारार्द्ध राम्रो देखिन्छ ।

वार्षिक भविष्य वताउँदै गर्दा जगलग्नलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ । जसलाई जगलग्न भनिन्छ । यष वर्षलाई विचार गर्दा वर्ष प्रवेश कन्या लग्नमा भएको छ । कन्या लग्नको स्वामी, सप्तम स्थानको मालिक वुध हुनु र वुध सप्तम भावमा नीच भएर रहँदा यसबाट पर्ने प्रभाव बुध व्यपार र मष्तिष्क कारक अनि बसाइले कूटनैतिक स्थानका साथै आकस्मिक रुपमा राजनीति स्थान भएका बुध ग्रह राज्यस्थानको मालिक पनि हुँदा नेतृत्व दिग्भ्रमित र बुद्धिहीन हुनाले देशमा राजनीतिक संकट वर्षारम्भमै शुरु हुनेछ ।

वैदेशिक हस्तक्षेप जवर्जस्त हुनेछ । द्वितीय र भाग्य भावको मालिक शुक्र शत्रुस्थानमा रहँदा धन भण्डारण झण्डै खाली अवस्थामा पुग्न सक्छ । देशलाई शत्रु वृद्धि हुनेछ । तृतीयस मंगल वर्षारम्भ लग्नदेखि नवममा रहेको र केही सयमपछि दशौँ स्थानमा राहुबाट ग्रसित र शनि केतुसँग विक्षिप्त चतुर्थ भावमा रही परस्पर दृष्टिमा रहँदै उन्माद योग बनाउने हुँदा सेवा धर्म र सेनाको बीचमा उत्पन्न हुने विवादले सैन्य शक्ति सकृय भई समाजमा विचलन आउन सक्छ ।

जसका कारण जनजीवन प्रभावित हुनेछ । आपसी मेलमिलाप भन्दा द्वन्दमा आकर्षित हुनेछन । शनि वृहस्पतिको संयोगले धर्मका नकाव धारिहरुको पतन र सच्चा धार्मिकहरुको उत्साहजनक प्रगतिले ओझेलमा परेका पात्रहरुलाई धर्म र न्यायले न्यायोचित मार्गवाट अघि बढाउन खोज्ने र त्यो स्थितिलाई राजनीतिले नियन्त्रणमा लिन खोज्ने हुँदा न्यायपालिका र कार्यपालिकाको द्वन्दले राजनीतिक तरलता बढाउँदै गर्दा विधि र स्थितिलाई विध्वँसको संघारमा पुर्‍याउन सक्छ ।

त्यो विसम परिस्थितिले नेतृत्व संयम नभए देश र जनतालाई ठूलो क्षति पुर्‍याउन सक्छ । पञ्चम शनि चतुर्थ भावमा पीडितभै रहँदा आन्तरिक द्वन्दले राजनीतिलाई संकटमा पार्ने घरेलु झगडाका कारण वाह्य आक्रमण हुनेछ । शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव पार्नेछ । सप्तम भावमा बुध निच भै रहँदा वैदेशिक व्यापार घाटा अनियन्त्रित भई विकास खर्चलाई प्रभाव पार्ने हुँदा विकासका काममा अवरोध आउनेछ ।

वैदेशिक सहायता न्यून हुने र देशलाई ठूलो आर्थिक कठिनाईले पिरोल्ने छ । शुक्रको प्रतिकूलताले महिला पुरुष बीचको द्वन्दले राजनीतिमा कठिन परिस्थिति सिर्जना गर्नुको साथै वैज्ञानिक कार्यमा नकारात्कम प्रभाव पार्नेछ । भारत लगायत सार्क राष्ट्रहरुमा समुन्द्री आँधी, बाढि, पहिरो, भूकम्प, हुरी वतासका साथै राजनीतिक संकटले सताउनेछ । जापान, जर्मन, फ्रान्स, बेलायत जस्ता शक्तिशाली देेशहरु समेत राजनीति र दैवी प्रकोपको सिकार बन्नेछन । शक्तिको होडबाजीमा महाँ युद्ध उन्मुख सम्म बन्न सक्नेछन ।

वृश्चिक राशिलाई अन्त्य साढेसाती, आगामी फाल्गुन ४ गतेसम्म रहनेछ । धनु राशिलाई मध्य साढेसाती र मकर राशिलाई आद्य साढेसाती शनि चलेको छ भने बृष र कन्या राशिलाई पनि अढैया शनिको प्रभाव फाल्गुन ४ गते सम्म रहनेछ । फाल्गुन ५ गते देखि कुम्भ राशिलाई आद्य साढेसाती र मिथुन र तुला राशिलाई अढैया शनिको आरम्भ हुनेछ । साढेसाती शनिको प्रभाव जन्मकुण्डलीमा शनि राम्रो भएमा राम्रो फल नराम्रो भएमा नराम्रो फल मिल्नेछ । अढैया शनिले जन्मकुण्डलीमा शनि राम्रो भएमा विगार नगर्ने राम्रोभने कसैलाई पनि नगर्ने हुन्छ ।

शनि साढेसाती वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने र शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी ‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने । भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएको तर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष वगोस्’ भनी बगाउने । बगेकोलाई नहेर्ने । यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ । यो व्यावाहारिक प्रयोगले थाहा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>