देश/प्रदेश

प्रदेश १ को नामाकरण वैशाखमाः मुख्यमन्त्री राई

Banner

भक्तपुर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक कानून र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया उनले प्रदेश सरकार गठन भएको एक वर्षसम्मको अवधि अनुभवको वर्ष भएको बताए । ‘अबको वर्ष संघीयताको जग निमार्णको वर्ष हो’, उनले भने । मुख्यमन्त्री राईले संघीयता सहजीकरण कार्ययोजना केन्द्रका मन्त्री र सचिवले कार्यान्वयन हुन नदिएको बताए ।

उनले अन्तरप्रदेश परिषद् बैठकले निर्णय गरेका २९ बुँदे संघीयता सहजीकरण कार्ययोजना हुन सके प्रदेश सरकारले सहज र तीव्र गतिमा काम गर्ने बताए ।

प्रदेशको राजधानीको नामकरण र राजधानीको विषय विगतका समयमा केन्द्रले टुङ्ग्याउन नसक्दा प्रदेशको थाप्लोमा भार थोपर्दा विलम्ब भएको उनको भनाइ थियो ।

‘प्रदेश १ को नामकरण र राजधानीको विषय आगामी वैशाखमा टुंगो लाग्छ’, मुख्यमन्त्री राईले भने। पर्याप्त स्रोतसाधन नहुँदा स्थानीय तहमा गठन भएको न्यायिक समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनले धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>